मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बक्सअफिस: कूलब्वाई भन्दा दयाहाङ १ करोडले अगाडी !

सोमवार , आश्विन ५, २०८३

काठमाडौं । गत हप्ता प्रदर्शनमा आएका दुई फिल्म 'बेहुली' र 'पेन्सन पट्टा'को बक्सअफिस कलेक्सन सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डले साताब्यापी ग्रस कलेक्सन सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार (हिजो) आइतबार मध्यरातसम्म अभिनेता दयाहाङ राई स्टारर फिल्म 'पेन्सन पट्टा'ले ३ करोड ७९ लाख माथिको बिजनेस गरेको छ । १ लाख २९ हजार १ सय १८ टिकट बिक्री हुँदा यो फिल्मले घरेलु बक्सअफिसमा ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ८१ पैसा कलेक्सन गर्न सफल भएको छ।

यस्तै एकसाथ प्रदर्शनमा आएको टिकटकबाट उदाएका अभिनेता पारस बम ठकुरी स्टारर फिल्म 'बेहुली'ले ९४ हजार ८ सय ८५ टिकटबाट २ करोड ६८ लाख २८ हजार ५ सय २९ रुपैयाँ ९९ पैसा ग्रस कलेक्सन गरेको छ ।

सामाजिक सञ्जालमा 'बेहुली' निर्माण टिमले आफ्नो फिल्मले बक्सअफिसमा सुनामी ल्याएको दाबीसहित प्रचार गरेको थियो । तर बक्सअफिस कलेक्सनमा भने यो फिल्मको कलेक्सन 'पेन्सन पट्टा' भन्दा १ करोड ११ लाख कम छ ।

दुबै फिल्मले गत शुक्रबारबाट दोस्रो हप्ताको प्रदर्शन थालेका छन् । यो हप्ता 'झिंगेदाउ', 'कार्की साइँला' र 'माया बस्छ कि क्या हो' गरि तीन फिल्म प्रतिस्पर्धामा आइसकेका छन् ।