बुधवार, कार्तिक १९ गते २०८३
images
images

'बेहुली'ले उठायो तीजको फाइदा, वितरक भन्छन्: एकैदिन ८० लाख कलेक्सन

सोमवार , भाद्र २९, २०८३

काठमाडौं। हरितालिका तीजको अवसरमा सोमबार नेपाली फिल्म ‘बेहुली’ले देशभर दर्शकको राम्रो साथ पाएको छ । देशभरका हलहरूमा डेढ सय शो पाएको यस फिल्मले तीजको दिन मात्रै झण्डै ८० लाख रुपैयाँ ग्रस कमाइ गरेको दाबी वितरक गोविन्द शाहीले गरेका छन्। 

karki saila banner.jpg

'पूर्वदेखि पश्चिमसम्मका हलहरूमा फिल्मले दर्शकको साथ पाएको छ, कलाकारको काम र कथावस्तुमा दर्शकले दिएको प्रतिक्रियाले आगामी दिनमा पनि फिल्मको कमाइ अझ बढ्ने अपेक्षा छ,' शाहीले भने ।

jhingedau 2 banner.jpg

यसै फिल्ममार्फत पहिलो पटक निर्माता बनेका चर्चित संगीतकार अर्जुन पोखरेलले स्वतन्त्र रूपमा संगीत सिर्जना गर्नुभन्दा फिल्म निर्माणमा आउँदा आर्थिक लगानीको ठूलो दबाब महसुस भएको बताए । यद्यपि दर्शकबाट पाएको अपार माया र ९० प्रतिशत सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ छ ।

long ad.jpeg

दर्शकको यही साथलाई आत्मसात् गर्दै उनले अब हरेक वर्ष एउटा फिल्म बनाउने घोषणा गरेका छन्। आगामी मङ्सिरमा नयाँ फिल्मको घोषणा गर्ने तयारीमा रहेका अर्जुनले २०८४ सालमा ‘बेहुली’को दोस्रो शृङ्खला दर्शकमाझ ल्याउने जानकारी दिएका हुन्।

baa ek yoddha banner.jpg

यसैबीच फिल्मका मुख्य कलाकारहरू पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, निर्देशक सशान कँडेल लगायतको टोली चितवन पुगेको छ। चितवनमा कलाकारहरूले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिरहेका छन्।

jadau banner.jpg

यो फिल्मले हाम्रो समाजभित्रको यथार्थ भावना, युवा-युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको छ। फिल्ममा माधव शर्माको लेखन तथा शशान कँडेलको निर्देशन छ । फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्। कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्।