काठमाडौं। चलचित्र विकास बोर्डले साताव्यापी बक्सअफिस कलेक्सन सार्वजनिक गरेको छ । आइतबार मध्यरातसम्मको तथ्यांङ्क अनुसार ब्लकवस्टर फिल्म 'गौंथली' २६ करोडको नजिक पुगेको छ । यो फिल्म हाल पनि विभिन्न हलमा प्रदर्शनरत छ ।


'गौंथली'ले हालसम्म २५ करोड ९३ लाख ७४ हजार ७ सय ५० रुपैयाँमाथिको ग्रस कलेक्सन गरेको छ । यो आम्दानी ९ लाख ४० हजार ५ सय ६२ टिकटबाट आएको हो । 'पूर्णबहादुरको सारङ्गी'पछि नेपालमा सर्वाधिक कमाई गर्ने किर्तिमान कायम गरेको फिल्मले २६ करोडको माइलस्टोन छुने संभावना जीवित छ ।


यस्तै अभिनेत्री नीता ढुङ्गाना निर्देशति फिल्म 'पार्वती'ले हालसम्म ७३ हजार २ सय २३ टिकटबाट २ करोड ५ लाख ८५ हजार ५ सय ९३ रुपैयाँको ग्रस कलेक्सन गरेको छ । यो फिल्म 'रक्षाबन्धन'को अबसरमा साउन १२ मा रिलिज भएको थियो ।

यस्तै नेपालबाट अस्कर अवार्डको लागि छनोट भएको फिल्म 'तिनीहरू: एलिफेन्ट इन द फग'ले हालसम्म २४ हजार ४ सय ८६ टिकटबाट ८५ करोड ९५ लाख ९ सय १० रुपऔयाँ कलेक्सन गरेको छ । यो फिल्म दोस्रो सातामा प्रदर्शनरत छ ।